जुन २३ देखि दुबई – काठमाडौ उडान शुरु हुने !



नेपाल एयरलाइन्सले आगामी जुन २३ तारिखदेखि दुबई–काठमाडौ एकतर्फी उडान सुचारु गर्ने भएको छ । कोभिड १९ का कारण अन्तराष्ट्रिय उडान स्थगन भएपछि संयुक्त अरब ईमिरेट्स (युएई) मा रोकिएका नेपालीहरुलाई लक्षित गरि एकतर्फी उडान शुरु गर्न लागेको नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर टिकाराम पंगेनिले बिएल नेपाली सेवालाई जानकारी दिएका छन ।

एयरलाइन्सको वाईड बडि जहाजले आगामी जुन २३ र ३० तारिख दुबईदेखि काठमाडौंको उडान भर्ने बताईएको छ। यसको सम्पुर्ण तयारी पूरा भईसकेको र आज ९मंगलबार० बाट टिकट बिक्री समेत थालिने पंगेनीले बताएका छन ।

नेपालले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछी घर जान नपाएका सयौं नेपालीहरु युएईमै अड्किएका थिए। यी मध्ये कैयौंको त ओभरस्टे जरिवाना समेत शुरु भईसकेको छ ।

सरकारको निर्णय अनुसार गएको बैशाख २३ देखि भएको उडान निलम्बनका कारण मध्यपुर्वमा मात्रै हजारौं नेपाली प्रभावित भएका छन। यसबाट भिजा सकिएका र नेपालमा आफन्त गुमाएकाहरु बढी प्रभावित भएका छन ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार