विदेशबाट आउनेका लागि तोकियो ७८ होटल क्वरेण्टीन(सूचीसहित)



काठमाण्डौ | सरकारले विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वरेन्टीन होटल तोकेको छ । सरकारले कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै पर्यटन विभागले ७ वटा पाँचतारे, चार तारे ३ वटा, तीन तारे ७ वटा, २ वटा रिसाेर्टसहित नयाँ होटल क्वरेण्टीनको सूची सार्वजनिक गरेको हो । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको ८ होटललाई पनि यही सूचिमा समावेश गरेको छ ।

क्वरेण्टीन स्थलका रूपमा प्रयोग हुने होटल कम्तीमा २० कोठा भएको हुन पर्नेछ । सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई पाँच दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वरेण्टीन अनिवार्य गरेको छ । क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैँचा हुनुपर्छ ।

होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्थाका साथै होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्ने मापण्डमा उल्लेख गरिएको छ । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना सङ्कलनका लागिसमेत पर्याप्त स्थान भएको हुनुपर्ने सर्त राखिएको छ ।

हेर्नुहोस् होटलको सूची

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार