कांग्रेसका २३ सांसदले पार्टी फुटाइदिने महेश बस्नेतको घोषणा



काठमाडौं – नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका २३ सांसदले पार्टी फुटाइदिने तयारी गरेको घोषणा गरेका छन् । युवासंघ नेपालको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेस र माओवादी केन्द्र पार्टीलाई फुटाइदिने बताए । नेकपा माओवादी केन्द्रका २५ सांसद समेत पार्टी विभाजन गर्ने तयारीमा लागेको समेत बस्नेतले बताए ।

कार्यक्रममा नेता बस्नेतले भने, ‘हिजो एमालेविरुद्ध सत्तोसराप गर्ने नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरू एमालेसँग एकता गर्नुपर्छ भन्ने कुरा गरिरहेका छन् । उनीहरूले जस्तो षड्यन्त्रपूर्ण ढंगले जाने हो भने कांग्रेस भित्रका २३ भन्दा बढी सांसदहरू कांग्रेस विभाजन गर्ने तहमा छलफल गरेका छन् । माओवादी भित्रका २५/२६ सांसदहरू प्रचण्डबाट पार लाग्दैन, अब तोड्नुपर्छ भनेर लागिरहेका छन् । हामीले उहाँहरूको जस्तो हर्कत गर्ने हो भने दुबै दलमा विभाजन गर्न सक्ने हैसियतमा छौं हामी ।’

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार