मंसिर पहिलो हप्ता एमालेकाे राष्ट्रिय भेला



काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ।

‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाइ छ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार