एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता भण्डारी सहभागी हुने



काठमाडौं । नेकपा एमालेको भोलि बस्ने स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने भएकी छन् । एमाले वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी हुन लागेकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई बरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।

लगत्तै बसेको केन्द्रीय कमिटी बैठकबाट मनोनीतको निर्णय अनुमोदन भएपछि भण्डारी वरिष्ठ नेताको हैसियतमा भोलिको स्थायी कमिटी बैठकमा भाग लिने भएकी हुन् । एमाले कार्यालय स्रोतका अनुसार स्थायी कमिटी बैठकको एजेण्डा भने तय भएको छैन ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार