अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्ने उर्दी नदिएको भए मै पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने



rabi lamichhane

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निष्ठालाई पुँजी मानेको भए आफू पनि कांग्रेस हुनसक्ने उल्लेख गर्दै व्यंग्य गरेका छन् ।

”निष्ठालाई पुँजी मानेको भए, भौतिक पुँजीलाई मानक नमानेको म पनि कांग्रेस हुन्थेँ होला । पिछडिएको मानिसलाई समानुपातिक भनिरहँदा अवसर पाएकोलाई प्राथमिकता नदिएको भए मै पनि कांग्रेस हुन्थेँ होला । अरूको चुनाव चिन्हमा भोट हाल भनेर उर्दी जारी नगरेको भए म पनि कांग्रेस हुन्थेँ होला,” उनले भने ।

कांग्रेसको सबैभन्दा ठूलो शक्ति र कमजोरी नै इतिहास रहेको उनले बताए ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार