अधिवक्ता मुकेश सेन्चुरी निर्विरोध, रोक्यो निर्वाचन औपचारिक घोषणा बाँकी



सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार अधिवक्ता मुकेश सेन्चुरी निर्विरोध बने पनि क्षेत्रीय निर्वाचन प्रक्रिया स्थगित भएपछि त्यसलाई औपचारिक वैधानिकता दिन सकिएन।

सिन्धुपाल्चोक जिल्लाको दलित समुदायबाट पहिलो अधिवक्ता भएको दाबी गर्दै आएका सेन्चुरीले नेपाली कांग्रेसको क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए। पालिका सभापति, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज नेतृत्व तथा कांग्रेसजन बाट प्राप्त साथ, सहयोग र सद्भावका कारण उनी निर्विरोध हुन पुगेका थिए।

तर महाधिवेशनको क्रममा निर्वाचन प्रक्रिया स्थगित भएपछि निर्विरोध भएका सेन्चुरीलाई औपचारिक रूपमा प्रमाणपत्रसमेत तत्काल प्राप्त हुन सकेन।

सेन्चुरीले निर्वाचनलाई केवल परिणाम प्राप्त गर्ने प्रक्रिया मात्र नभई निष्पक्ष, पारदर्शी र विधिसम्मत प्रक्रियाबाट वैधता प्राप्त गर्ने माध्यमका रूपमा लिएका छन्। उनले लोकतान्त्रिक प्रक्रियामा Rule of Law, Procedural Fairness र Legitimate Expectation को मूल भावना कायम रहनुपर्ने बताएका छन्।

“यहाँहरूले दिनुभएको विश्वास, साथ र सद्भावका कारण म निर्विरोध भएको थिएँ। आज प्रमाणपत्र ग्रहण गर्ने अपेक्षा थियो। तर विविध कारणले निर्वाचन प्रक्रिया स्थगित हुँदा त्यसलाई औपचारिक वैधानिकता दिन सकिएन। यस घटनाले मलाई दुःखी बनाएको छ, तर यहाँहरूको माया र विश्वासप्रति म सदैव आभारी छु,” सेन्चुरीले भने।

उनले निर्वाचन प्रक्रिया स्थगित हुँदा उपस्थित कांग्रेसजनमा परेको असुविधाप्रति समेत दुःख व्यक्त गर्दै आगामी निर्वाचन प्रक्रियामा सबैको साथ, सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

विद्यार्थी राजनीतिदेखि कानुन व्यवसायसम्म

सेन्चुरीको राजनीतिक यात्रा नेपाल ल क्याम्पस नेवि संघ इकाई सभापतिबाट सुरु भएको हो। त्यसपछि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै उनी केन्द्रीय खेलकुद विभाग प्रमुखको जिम्मेवारीसम्म पुगेका छन्।

विद्यार्थी राजनीति, संगठन निर्माण तथा सामाजिक क्षेत्रमा सक्रिय सेन्चुरीले आफूलाई कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनी अग्रज नेतृत्वको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा क्षमतालाई जोडेर पार्टीलाई थप लोकतान्त्रिक, समावेशी, गतिशील र जनमुखी बनाउनुपर्ने धारणा राख्छन्।

कानुन संकायबाट बीएलएलबी अध्ययन पूरा गरेका सेन्चुरी हाल एलएल.एम. अध्ययनरत छन्। कानुनी पेशामा समेत सक्रिय उनी न्याय, समानता, सामाजिक न्याय र अधिकारका विषयमा आफ्नो पेशागत तथा सामाजिक भूमिका अघि बढाउँदै आएका छन्।

पेशागत क्षेत्रमा नेपाल बार एसोसिएसनअन्तर्गत नवोदित कानून व्यवसायी सरोकार समितिको सदस्य सचिवका रूपमा युवा कानून व्यवसायीका पेशागत हकहित तथा सरोकारका विषयमा काम गर्दै आएका छन्। साथै उनी Democratic Lawyers Association (DLA), काठमाडौंसँग आबद्ध रही लोकतान्त्रिक मूल्य, विधिको शासन तथा पेशागत अधिकारका विषयमा समेत सक्रिय रहेको बताउँछन्।
क्योकुसिन करातेका राष्ट्रिय खेलाडी तथा प्रशिक्षकसमेत रहेका सेन्चुरीले खेलकुदबाट सिकेको अनुशासन, संघर्ष, धैर्य र नेतृत्वको अनुभवलाई संगठन निर्माणमा प्रयोग गर्ने बताएका छन्।

उनका अनुसार क्षेत्र नं. १ को संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउने, युवा तथा नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिने, दलित, महिला, जनजाति तथा सीमान्तकृत समुदायको सहभागिता बढाउने तथा शिक्षा, स्वास्थ्य, प्रविधि र खेलकुदमा पहुँच विस्तार गर्ने विषय उनका प्रमुख एजेण्डा हुन्।

“राजनीति पद र शक्तिभन्दा जनसेवाको माध्यम हो” सेन्चुरीले राजनीति केवल पद र शक्तिको अभ्यास नभई जनताको सेवा, समस्या सुन्ने संस्कार र जिम्मेवारी वहन गर्ने माध्यम हुनुपर्ने बताएका छन्।

“राजनीति केवल पद र शक्तिको अभ्यास होइन; यो जनताको सेवा, समस्या सुन्ने संस्कार र जिम्मेवारी वहन गर्ने माध्यम हो,” उनले भने।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा संगठनभित्र नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार नेतृत्वको आवश्यकतालाई सम्बोधन गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

“अग्रजहरूको आशीर्वाद, सहकर्मीहरूको साथ र नयाँ पुस्ताको ऊर्जालाई एकताबद्ध गर्न सके नेपाली कांग्रेस क्षेत्र नं. १ लाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउन सकिन्छ,” सेन्चुरीले बताए।

निर्वाचन प्रक्रिया स्थगित भएसँगै तत्काल प्रमाणपत्र प्राप्त गर्न नसके पनि सेन्चुरीले आफूलाई प्राप्त भएको विश्वास, साथ र सद्भावलाई नै आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण शक्ति भएको बताएका छन्।

“पदभन्दा ठूलो कुरा यहाँहरूले दिनुभएको विश्वास र माया हो। आज प्रमाणपत्र लिन नपाए पनि यो विश्वासलाई अझ जिम्मेवारीका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने।

सेन्चुरीले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गतको प्रक्रियामा सहभागी सम्पूर्ण पालिका सभापति, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज नेतृत्व तथा कांग्रेसजनप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले आगामी निर्वाचन प्रक्रिया पनि विधिसम्मत, निष्पक्ष र लोकतान्त्रिक ढंगले सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबैको साथ, सहयोग, सुझाव र सद्भाव निरन्तर रहने अपेक्षा गरेका छन्।

जय नेपाल ! 🇳🇵

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार