सुस्ता डुबान : सशस्त्र प्रहरीद्वारा २९ जनाको सकुशल उद्धार



पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ थारुटोलमा नारायणी नदीको बाढी पसेपछि सशस्त्र प्रहरीले २९ जना स्थानीयको सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका मानिसहरूसहित १ गाई र १३ वटा बाख्रालाई सुस्ता-५ स्थित होल्डिङ सेन्टरमा सुरक्षित सारेको हो।

लगातारको वर्षाका कारण नारायणीको जलस्तर बढ्दा थारुटोल, सैनिक टोल र बड्का टोलका १६५ भन्दा बढी घर प्रभावित भएका छन्। निर्माणाधीन तटबन्धको १३२ मिटर भाग बाँकी रहेकाले थप कटान र डुबानको जोखिम उच्च छ। बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार