त्रिशूली माविका प्रधानाध्यापक भन्छन् : बाढी आउनु अगाडि स्कुलभित्र एक जना पनि विद्यार्थी थिएनन्

भोटेकोशी बाढीले त्रिशूली मावि क्षतिग्रस्त, विद्यार्थी भने सुरक्षित


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्‍याएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढी आउनुअघि नै विद्यार्थीलाई सुरक्षित स्थानमा निकालिएकाले विद्यालयभित्र मानवीय क्षति हुन पाएन। विद्यालयको महिला छात्रावासमा रहेका ३० छात्रालाई पनि सुरक्षित उद्धार गरिएको उनले बताए।

बाढीपछि शिक्षक, कर्मचारी र विद्यार्थी गरी करिब ५० जना त्रिशूली बजारनजिकैको माथिल्लो डाँडामा सुरक्षित रहेको जनाइएको छ। सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा सम्पर्कमा समस्या भएको छ।

प्रधानाध्यापक दवाडीले ‘विद्यालयसँगै सबै विद्यार्थी बगे’ भन्ने खबर गलत भएको स्पष्ट पारेका छन्। विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने र करिब १ हजार ६४३ विद्यार्थी अध्ययनरत छन्। विद्यालयका तीनवटा बस भने सुरक्षित रहेको उनले बताए।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार