काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरमा BDS International Pvt. Ltd. ले आफ्नो छैटौँ प्रिमियम मोबाइल शोरुम सञ्चालनमा ल्याएको छ। केएल टावरको Shop No. G21 मा रहेको शोरुमको भदौ २ गते मंगलबार अभिनेत्री वर्षा राउतले रिबन काटेर उद्घाटन गरेकी हुन्।
उद्घाटन समारोहमा अभिनेत्री वर्षा राउत प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा अतिथिका रूपमा इष्टु कार्की तथा इन्द्रेणी लोकदोहोरीका कृष्ण कँडेलको समेत उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार नयाँ शोरुमबाट विभिन्न ब्रान्डका प्रिमियम मोबाइल बिक्रीसँगै Exchange, EMI Facility तथा Repair & Service लगायतका सुविधा उपलब्ध हुनेछन्। ग्राहकलाई मोबाइल खरिददेखि बिक्रीपछिको सेवासम्म सहज र भरपर्दो सुविधा प्रदान गर्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
शोरुम उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष अफर तथा आकर्षक उपहार योजनासमेत ल्याइएको जनाइएको छ। छैटौँ शाखाका रूपमा चाबहिलमा शोरुम विस्तार भएसँगै BDS International Pvt. Ltd. ले आफ्नो सेवा तथा बजार पहुँच थप विस्तार गरेको छ।






