भदौ १० गते प्रधानमन्त्रीसँग संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर



काठमाडौं । यही भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख अर्यालले कार्यक्रमका लागि समय निर्धारण गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बैठकको पहिलो एक घण्टा छुट्याउनुपर्ने व्यवस्था छ।

प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखलाई लिखित जानकारी दिनुपर्नेछ। स्वीकार्य प्रश्नको निर्णय सभामुखले गर्नेछन्। कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि नियमावलीमा छ।

प्रश्नोत्तरमा प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा थप छलफल भने नहुने व्यवस्था छ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार