रास्वपा महाधिवेशन : मतदान राति ८:३० बजेदेखि



चितवनमा आइतबारदेखि जारी रास्वपाको महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि बुधबार राति ८:३० बजेदेखि भोटिङ सुरु हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले चौथो पटक संशोधन गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार राति ८:३० बजेदेखि पहिलो चरणको मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार साँझ ५ बजेसम्म महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावाली प्रकाशन गरिसकिएको छ ।

पहिलो चरणको मतगणना र मत परिणाम घोषणा मतदान सकिएको २ घण्टापछि गरिने उल्लेख छ । यस्तै दोस्रो चरणको उम्मेदवारी तथा अन्य निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार