विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च



काठमाडौं । आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन् ।

उनले पक्राउ गैरकानुनी भएको दावी सहित पौडेललाई थुनामुक्त गर्न आदेशको माग गरेकी हुन् । रिट निवेदक पौडेलले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाएकी छन् ।

निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार