ट्युनिसियाको पोस्टमा स्वीडेनको ५ गोल



काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गरेको छ ।

समूह एफ अन्तर्गत सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे ।

जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्स र जापानले समान १ अंक जोडेका छन् भने ट्युनिसिया अंकविहीन छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार