काठमाडौँ । महावीर पुन मन्त्री बन्ने भएका छन् । सरकारले थप गरेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रुपमा आजै शपथ ग्रहण गर्दै छन् । प्रधानमन्त्री बालेनले मंगबार पुनलाई मन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले गृहमन्त्रालयमा फर्कीन लागेका सुदन गुरुङसँगै शपथ ग्रहण गर्ने छन् ।
पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । मन्त्री पदबाट राजीनामा दिएर उनले २१ फागुनको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार






