काठमाडौँ । भारतले नेपाल-भारत सीमा विवाद समाधानमा कुनै तेस्रो पक्षको भूमिका नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सीमा सम्बन्धी बाँकी विषयहरू समाधान गर्न द्विपक्षीय संयन्त्रमार्फत काम भइरहेको बताए।
प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेक विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए। त्यसबारे प्रतिक्रिया दिँदै भारतले नेपालसँगका सबै द्विपक्षीय विषय दुई देशबीचकै संयन्त्रबाट समाधान हुने अडान दोहोर्याएको हो।
भारतले नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत भाग निर्धारण भइसकेको दाबी गर्दै बाँकी विवादित क्षेत्रहरूमा नदीको धार परिवर्तन, सीमापार अतिक्रमण तथा नो–म्यान्स ल्यान्डसँग सम्बन्धित विषयमा संयुक्त रूपमा नक्सांकन र समाधान प्रक्रिया जारी रहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ १९ गते मङ्गलवार






