आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने



मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ्गसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले भोलि पनि यस्तै मौसम रहने जनाएको छ। यसै साताको बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। साथै आज बेलुका र भोलि बिहान केही ठाउँमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार