हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत बैठक वैशाख ६ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बैठकमा चैत २५/२६ गते प्रस्तुत विभिन्न विधेयकको सैद्धान्तिक छलफल हुने तथा दफाबार अध्ययनका लागि सम्बन्धित समितिमा पठाइने कार्यसूची छ। समितिबाट सुझावसहित प्रतिवेदन तयार गरिने जनाइएको छ।
प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार





