इकोनोमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न, उद्देश्य परिवर्तनको प्रस्तावमाथि पनि छलफल



काठमाडौं । इकोनोमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं,१५ औं र १६ औं वार्षिक साधार सभा आज चैत १६ गते सम्पन्न भएको छ। काठमाडौंमा आयोजित सभामा संस्थाका शेयरसदस्य,सञ्चालक समिति तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिएको छ। साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत स्वीकृत गरिएको थियो।

त्यसैगरी संस्थाको उद्देश्य परिवर्तन गर्ने विषयमा समेत प्रस्ताव पेश गरिएको थियो। प्रस्तावमाथि सहभागी सदस्यहरूबीच विस्तृत छलफल भएको जनाइएको छ। संस्थालाई हालकै स्वरूपमा निरन्तरता दिने वा उद्देश्य परिवर्तन गर्दै नयाँ ढंगले अघि बढ्ने भन्ने विषयमा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए।

सभाले उक्त विषयमा आवश्यक अध्ययन तथा थप छलफल गरी आगामी दिनमा उपयुक्त निर्णय लिने निष्कर्ष निकालेको संस्थाले जनाएको छ। सञ्चालक समितिबाट गरिएका निर्णयहरू अनुमोदन गर्नुका साथै निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि समेत चयन गरिएको थियो।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार