काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ३५ वर्षीय उनले शुक्रबार नै १४सदस्यीय मन्त्रिपरिषद् गठनको निर्णय गरिसकेका छन् ।
सभापति रवि लामिछानेले १८ सदस्यीय बनाउने भनिए पनि बालेनले आफूसहित १४ सदस्यीय क्याबिनेट बनाउन लागेका हुन्। अन्तिम समयमा उद्योग मन्त्रीबाट अमरेशको नाम आउट भएसँगै १४ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको हो ।
यद्यपि बालेनले अहिलेसम्म यो सूची राष्ट्रपततिको कार्यालयमा पठाइसकेका छैनन् ।
मन्त्रिपरिषद्
१. बालेन शाह – प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. सुदन गुरुङ – गृहमन्त्री
५. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल – पर्यटन मन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
८. गिता चौधरी – कृषिमन्त्री
९. सस्मित पोखरेल – शिक्षा मन्त्री
१०. निशा मेहता – स्वास्थ्य मन्त्री
११. सीता वादी- महिला बालबालिका
१२. सोबिता गौतम- कानुन मन्त्री
१३. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
१४. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री






