काठमाडौं । सर्लाही–४ मा अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका थिए।
अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले २२ हजार ८३१ मत मात्रै पाए। थापा नेपाली कांग्रेस का सभापति हुन्।
यस जितसँगै सिंहले सर्लाही–४ बाट लगातार तेस्रो पटक जित्दै ह्याट्रिक पूरा गरेका छन्। उता थापाका लागि भने यो पहिलो चुनावी हार बनेको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थापाले त्यसपछि काठमाडौं–४ बाट लगातार तीन पटक जित हासिल गरेका थिए।
यसपटक भने थापा मधेश झरेर सर्लाही–४ बाट चुनाव लडे पनि पराजय बेहोर्नुपरेको छ।
प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार





