शिक्षक सेवा आयोगले खुलायो मावि शिक्षकका लागि दरखास्त



काठमाण्डौ – शिक्षक सेवा आयोगले माध्यमिक तह (मावि) तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै प्रतियोगितात्मक परीक्षामार्फत ४ सय ४९ जना शिक्षक पदपूर्ति गरिने जनाएको छ।

आयोगका अनुसार सबैभन्दा धेरै विज्ञान विषयका लागि १ सय १३ जना शिक्षक आवश्यक रहेको छ। यसका साथै गणित, नेपाली, सामाजिक अध्ययनलगायत अन्य विषयका लागि पनि दरखास्त खुलाइएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आयोगको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। सामान्य दस्तुरमा आवेदन दिने अन्तिम म्याद फागुन ३ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुरमा फागुन १० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार