काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेको दाबी गर्दै उनले उक्त कदम चालेका हुन् ।

TOPSHOT-VENEZUELA-US-CONFLICT-CRISIS
राष्ट्रपति मादुरोले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यो भेनेजुएलाको तेल र खनिजजस्ता रणनीतिक स्रोतहरूमा कब्जा जमाउने उद्देश्यले गरिएको आरोप लगाएका छन् ।

TOPSHOT-VENEZUELA-US-CONFLICT-CRISIS
बीबीसीका अनुसार जारी गरिएको वक्तव्यमा काराकासमा भएको आक्रमणको उद्देश्य ‘भेनेजुएलाका रणनीतिक स्रोतहरू, विशेषगरी तेल र खनिजमाथि नियन्त्रण कायम गर्नु’ र ‘देशको राजनीतिक स्वतन्त्रतालाई जबरजस्ती हनन गर्नु’ रहेको उल्लेख गरिएको छ ।
मादुरोले सम्पूर्ण देशलाई बाह्य उथल–पुथलको अवस्थामा रहेको घोषणा गर्दै त्यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । साथै, उनले आवश्यक समय र परिस्थितिअनुसार सबै राष्ट्रिय सुरक्षा योजना (नेशनल डिफेन्स प्लान्स) लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।





