काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा आफूले गोली चलाउने वा बल प्रयोग गर्ने कुनै आदेश नदिएको स्पष्ट पारेका छन्।
आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलनमा उनले कानुनी आधार नै नभएकाले लिखित वा मौखिक कुनै आदेश नदिएको दाबी गरे। पदीय मर्यादा र नैतिकताका आधारमा आफूले राजीनामा दिएको भन्दै उनले यस्तो गलत कर्म गर्न नसक्ने पनि बताए।
‘कति बल प्रयोग गर्ने, कसरी गर्ने के गर्ने भन्ने छैन भनेको छैन । दिएको छैन । तर म अत्यन्तै ज्याद मर्माहित भएर पदीय मर्यादाको आधारमा राजीनामा गरेको हुँ । नैतिकताको आधारमा मैले राजीनामा गरेँ,’ लेखकले भने । उनले थप प्रश्न गर्दै भनेका छन्, ‘मैले मान्छेलाई मार भनेर आदेश दिनसक्छु ? त्यस्तो गलत कर्म म बाट हुन्छ ? हुँदैन ।’
प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार





