काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ फेरि संवादमा जुटेका छन् । स्रोतका अनुसार, बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।
घिसिङले पार्टीमा रास्वपाले अघि सारेको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । अस्तित्वको विषय उठाउँदै उनले पार्टीको नाम, चुनाव चिन्ह र पद सबै दिएर एक हुन नसकिने ब्रिफिङ गरेका थिए ।
बालेन र कुलमानबीच आजै बिहान पछि भेटवार्ता भएको थियो ।
प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार





