संसद् पुनर्स्थापनाको पूरक रिट दर्ता गर्दै कांग्रेस–एमाले, लोसपा पनि जोडिँदै



काठमाडौं । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेस र एमालेले बहुमत पूर्व सांसदको हस्ताक्षरसहित सोमबार पूरक रिट दर्ता गर्ने तयारी गरेका छन् । यसमा महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि समर्थन जनाउने संकेत दिएको छ ।

कांग्रेस, एमाले र लोसपाका गरी १३८ पूर्व सांसदको हस्ताक्षर जुटाएर संयुक्त रिट दर्ता गर्न लागिएको हो । रिट दर्ताका लागि कांग्रेसतर्फबाट खम्बबहादुर खाती र एमालेतर्फबाट रमेश बडाललाई जिम्मेवारी दिइएको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद पुनर्स्थापनाको प्रयास नगर्न चेतावनी दिएको छ । सभापति रवि लामिछानेले संसद ब्युँताउने प्रयास जनविरोधी हुने बताएका छन् ।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार