नेपाल सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल सहकारी संस्था लिमिटेडले आफ्नो ३०औँ वार्षिक साधारण सभा शनिबार राजधानी काठमाडौंमा सम्पन्न गरेको छ।
साधारण सभामा सञ्चालन समितिले संस्थाको हालको अवस्था, उपलब्धि, चुनौती र भविष्यका लक्ष्यहरू समेटिएको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको थियो। सभाले सहकारीको व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउँदै आगामी योजनाहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सभामा पारित प्रमुख प्रस्तावहरू
साधारण सभाले निम्न प्रस्तावहरूमा छलफल गरी सर्वसम्मत रूपमा स्वीकृति प्रदान गरेको छ–
सञ्चालन समितिको वार्षिक प्रतिवेदन अनुमोदन
आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षित आर्थिक विवरण पारित तथा लेखापरीक्षक नियुक्ति
आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम स्वीकृत
आन्तरिक नीति, नियमावली र कार्यविधिमा आवश्यक संशोधन
गत आर्थिक वर्षमा समितिद्वारा गरिएका निर्णय र कार्यहरूको प्रमाणीकरण
आगामी कार्यका लागि सञ्चालन समितिलाई अधिकार प्रदान
निर्णय पुस्तिकाबाट प्रतिनिधि चयन प्रक्रिया
विविध विषयमा छलफल तथा सुझाव संकलन
सभामा सहभागी प्रतिनिधिहरूले संस्थाको वित्तीय अवस्था, लगानी व्यवस्थापन, जोखिम नियन्त्रण, पारदर्शिता र प्रशासनिक सुधारका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
आगामी कार्यदिशा
प्रतिवेदन अनुसार आगामी दिनमा सहकारीले सदस्य–केन्द्रित वित्तीय सेवा विस्तार, कर्जा प्रवाह प्रणालीलाई थप प्रभावकारी बनाउने, सुशासन सुदृढ गर्ने तथा प्रविधिमैत्री सेवामा जोड दिने जनाएको छ। साथै पारदर्शी कारोबार र वित्तीय स्थायित्वलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गरिनेछ।
अध्यक्षको सम्बोधन
सभालाई सम्बोधन गर्दै अध्यक्षले संस्थाको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि सदस्यहरूको सक्रिय सहभागिता र सहयोग अपरिहार्य रहेको उल्लेख गरे। उनले सहकारीको प्रगति, कर्जा व्यवस्थापनमा देखिएको सुधार र आपसी सहकार्यका लागि सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार