गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू, राधिकाले गरिन् शिलान्यास



एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ नामक नयाँ निवास निर्माण सुरु भएको छ। बिहीबार राधिका शाक्यले शिलान्यास गरेपछि कुटी निर्माणको प्रक्रिया औपचारिक रूपमा थालिएको हो।

जेन–जी आन्दोलनताका बालकोट निवासमा आगजनी भएपछि ओली त्यसयता गुण्डुमा भाडाको घरमा बस्दै आएका छन्। सोही घरनजिक करिब एक रोपनी जग्गामा स्थानीयवासीले उपलब्ध गराएको जमिनमा कुटी निर्माण हुँदैछ।

महेश बस्नेतका अनुसार नयाँ भवनमा बैठक कक्ष, पुस्तकालय, ग्रीनहाउस र कौसीखेतीका सुविधा समावेश हुनेछन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार