ललितपुर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि ललितपुरका तीनै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन्। जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार प्रतिनिधि चयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको हो। उनले सबै विजयी प्रतिनिधिहरूलाई शुभकामना दिँदै संगठन सुदृढीकरणका लागि महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।
क्षेत्र नं. १
खुल्लातर्फ मधुसूदन पौडेल र चेतनाथ सञ्जेल विजयी भए। महिलातर्फ कमला तामाङ र तारा सञ्जेलले जितेका छन् भने युवा कोटाबाट विक्रम घिमिरे चयन भएका छन्।
क्षेत्र नं. २
महिलातर्फ देविका राई विजयी भइन्। खुल्लातर्फ रामहरी बजगाईं र अष्टबिर ब्यन्जनकार चयन भए भने युवा कोटामा सुजित बस्नेत निर्विरोध चयन भए।
क्षेत्र नं. ३
महिलातर्फ सुकुमाया लामा, खुल्लातर्फ प्रेमभक्त महर्जन र रघुनाथ महर्जन तथा युवा कोटामा ज्ञानभक्त डङ्गोल विजयी भए।
यसअघि दलित कोटाबाट प्रदिप रम्तेल निर्विरोध चुनिएका थिए। जिल्ला अध्यक्ष आचार्यले प्रतिनिधि चयनको यो प्रक्रियाले आगामी महाधिवेशनलाई प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।





