एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल संयोजक



काठमाडौं । एकीकृत समाजवादी पार्टी पुनर्गठन हुँदै घनश्याम भूसाललाई संयोजकको जिम्मेवारी तोकिएको छ। यसअघि उनी पार्टीका महासचिव थिए।

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा अघि बढे पनि महासचिव भूसालले त्यसमा असहमति जनाउँदै अलग मार्ग रोजेका थिए।

शनिबार बसेको पार्टीका ६७ केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले संगठन पुनर्गठन गर्ने निर्णय गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक पदको जिम्मेवारी प्रदान गरेको एक नेताले जानकारी दिएका छन्। बैठकले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय समेत गरेको छ।

यस्तै, भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका पूर्व नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग सहकार्य गर्ने सहमति गरेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार