काठमाडौं, २ कार्तिक । बराल वंश प्रतिष्ठानद्वारा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा तिहार विशेष देउसी–भैलो कार्यक्रम काठमाडौंमा शनिबार (१ कार्तिक २०८२) उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष देवी प्रसाद बरालले देशभर छरिएर रहेका घृतकौशिक गोत्रीय बराल समुदायलाई एउटै परिचय र साझा भावनाले जोड्ने उद्देश्यले प्रतिष्ठान सक्रिय रूपमा लागिरहेको बताए। उनले वंशीय एकता, सांस्कृतिक पहिचान र सामुदायिक सुदृढीकरणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
प्रतिष्ठानले सामाजिक जिम्मेवारीअन्तर्गत समाज हितका विभिन्न अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी पनि दिइयो।
कार्यक्रमका प्रमुख आकर्षण
- आगामी कार्ययोजनाको प्रस्तुतिकरण – प्रतिष्ठानको भावी गतिविधि तथा योजनाबारे कार्यसमितिको तर्फबाट विस्तृत जानकारी।
- अक्षयकोष स्थापनार्थ संरक्षक तथा आजीवन सदस्यता वितरणको शुभारम्भ।
- ताप्लेजुङदेखि कालिकोटसम्मका बराल समुदायको लोक संस्कृति झल्काउने देउसी–भैलो प्रस्तुति।
- प्रतिष्ठानभित्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम।
- जलपान कार्यक्रम सहित सेलरोटी र परम्परागत परिकारको स्वाद।
प्रकाशित मिति : २०८२ कार्तिक ३ गते आइतवार





