काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द भएका आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सञ्चालन भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम सुधार भएपछि नेपालगञ्ज र भद्रपुरतर्फका उडान बिहानै सम्पन्न भएका छन् । पोखरा र सुर्खेत क्षेत्रको मौसम पनि अनुकूल भएकाले ती गन्तव्यतर्फका उडान पनि सुरु गरिएको कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार





