आजको खगोलीय अवस्था
संवत् २०८२ असोज ३ गते, शुक्रबार
तिथि : दशमी, कृष्णपक्ष
नक्षत्र : पूर्वाफाल्गुनी
योग : सौभाग्य
चन्द्रमा : सिंह राशिमा संचाररत
सूर्योदय : बिहान ५:५८ बजे
सूर्यास्त : साँझ ६:०७ बजे
राहुकाल : बिहान १०:३० – १२:००
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंलाई मनोवैज्ञानिक रूपमा हर्ष, उल्लास र रोमाञ्चको अनुभूति हुनेछ । प्रेमभाव बढ्नेछ र प्रियजनसँग समय बिताउन पाउनुहुनेछ । कलात्मक, रचनात्मक वा सीपमूलक काममा राम्रो सफलता पाउनुहुनेछ । जीवनप्रति सकारात्मक दृष्टिकोण बढ्ने दिन हो । तर, अफिस/कारोबारमा जुनियर स्टाफको अभावले केही कार्यमा ढिलाइ वा अवरोध आउन सक्छ, त्यसैले घरभित्रका कनिष्ठ वा साथीहरूको सहयोग लिनु उपयुक्त हुन्छ ।
भाग्यबल : ६०%
शुभ अंक : ५ | शुभ रङ : सेतो | शुभ दिशा : पूर्व
उपाय : “ॐ नीतिविद्याधुरन्धराय नमः” ११ पटक जप गरी कार्य सुरु गर्नु लाभदायी हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक जीवन सुखद रहन्छ, दाम्पत्य सम्बन्धमा मधुरता र समझदारी बढ्नेछ । बुढाबुढी वा परिवारका ज्येष्ठ सदस्यको भावना बुझेर अगाडि बढ्नुपर्छ, नत्र अलिक तनाव आउन सक्छ । आज तपाईंले गरेका मेहनती कार्यले अपेक्षित नतिजा दिन सक्छ, त्यसैले कुनै पनि कामलाई आधा बाटोमै छोड्नु हुँदैन । स्वास्थ्य त ठीक देखिन्छ, तर मानसिक चिन्ता अलि बढ्न सक्छ । नयाँ व्यक्तिसँग भेटघाटले लाभ दिने सम्भावना छ ।
भाग्यबल : ८०%
शुभ अंक : ४ | शुभ रङ : उज्यालो सेतो | शुभ दिशा : उत्तर
उपाय : “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” ११ पटक जप गरी यात्रा वा कार्य सुरु गर्नु उत्तम ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आजको दिन आत्मीय सम्बन्ध र आपसी सद्भाव बढाउने दिन हो । सहकर्मी वा जुनियरसँग छलफल गर्दा केही आन्तरिक समस्या समाधान हुनेछ । कुटुम्ब वा चेलीबेटीसँग सम्पर्क बढ्नेछ । आकस्मिक रूपमा पैसा हात पर्ने वा अड्किएको रकम फिर्ता हुने सम्भावना छ । परिवारमा खुसीयाली बढ्ने दिन छ, सामाजिक जमघट वा रमाइलो कार्यक्रममा सहभागी हुन सकिन्छ ।
भाग्यबल : १००%
शुभ अंक : ३ | शुभ रङ : गुलाबी वा सिन्दुरे | शुभ दिशा : पश्चिम
उपाय : “ॐ गं गणपतये नमः” २१ पटक जप गरी कार्य सुरु गर्दा पूर्ण सफलता प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार/कारोबार विशेष गरी तरकारी, फलफूल वा चिसोजन्य वस्तु सम्बन्धी काममा लाभ हुने दिन हो । आर्थिक पक्ष सबल रहनेछ । तर फुइँ वा गफ गर्ने क्रममा अनावश्यक खर्च बढ्ने सम्भावना छ । पतिपत्नीबीच समझदारी र विश्वास बढ्ने दिन छ । पढाइमा लाग्नेहरूका लागि यो दिन एकदमै फलदायी छ, परीक्षा वा प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकिनेछ ।
भाग्यबल : ७५%
शुभ अंक : २ | शुभ रङ : सेतो/उज्यालो | शुभ दिशा : दक्षिण
उपाय : “ॐ वैभवलक्ष्म्यै नमः” ११ पटक जप गरी काम सुरु गर्नु फलदायी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन ऊर्जा, उमङ्ग र आत्मविश्वासले भरिपूर्ण हुनेछ । लामो समयदेखि रोकिएको काम वा मुद्दा समाधान हुने सम्भावना छ । तामेलीमा परेको फाइल चलायमान हुँदा धन र सम्मान दुवै प्राप्त हुनेछ । रूप–सौन्दर्य र व्यक्तित्वमा निखार आउने दिन हो । तर रिसराग, अहङ्कार र जिद्दी स्वभावलाई नियन्त्रण नगरे समस्या आउन सक्छ ।
भाग्यबल : ६५%
शुभ अंक : १ | शुभ रङ : कलेजी | शुभ दिशा : पूर्व
उपाय : “ॐ घृणि सूर्याय नमः” ७ पटक जप गरी काम सुरु गर्दा सफलता बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) जिम्मेवारी र कर्तव्यबोध बढ्ने दिन हो, त्यसैले रमाइलो जीवन अलिक प्रभावित हुन सक्छ । अनाहकमा अरूले दोषारोपण गर्न सक्छन्, त्यसैले सचेत रहनु जरुरी छ । गलत काम वा अधुरा योजनामा समय व्यर्थ नगर्नुहोला । आत्मज्ञान, धैर्यता र संयमता अपनाएमा बाधा पार गर्न सकिन्छ । आत्मनिरीक्षण गरेर अघि बढ्नु राम्रो हुन्छ ।
भाग्यबल : ६५%
शुभ अंक : ३ | शुभ रङ : सेतो | शुभ दिशा : उत्तर
उपाय : “ॐ नमः शिवाय” २१ पटक जप गर्नु लाभदायी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दाजुभाइ वा दिदीबहिनीको सहयोग प्राप्त हुनेछ । माइतीपक्षसँग सम्पर्क गर्दा खुसी बढ्नेछ । ठूलो महत्वाकांक्षा बोकेको योजना अघि बढाउन सकिने समय हो । विदेश अध्ययन वा नयाँ अवसर खोजिरहेका लागि आज नयाँ सम्भावना खुल्ने दिन हो । अड्किएको धन वा सम्पत्ति फिर्ता हुने योग छ । मर्मतसम्भार वा नयाँ योजनामा लगानी गर्ने सोच फाइदाजनक हुनेछ ।
भाग्यबल : १००%
शुभ अंक : २ | शुभ रङ : उज्यालो | शुभ दिशा : पश्चिम
उपाय : “ॐ शुं शुक्राय नमः” ११ पटक जप गर्नु लाभप्रद हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज व्यक्तिगत उन्नति वा पदप्रतिष्ठाको कुरा धेरै नगर्नुहोला, नत्र सम्बन्धमा दरार आउन सक्छ । कामप्रतिको निष्ठा बढ्ने दिन हो । हाकिम, गुरु वा सम्माननीय व्यक्तिसँग उठबस हुने मौका आउन सक्छ । नयाँ प्रस्ताव वा योजनाबारे छलफल गरेर अनुभव बटुल्नु लाभदायी हुन्छ । कारोबारमा लाभ हुनेछ ।
भाग्यबल : ८५%
शुभ अंक : १ | शुभ रङ : पहेंलो | शुभ दिशा : दक्षिण
उपाय : “ॐ अनन्ताय नमः” ११ पटक जप गरी काम सुरु गर्नु राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रसिद्ध व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । ख्याति, सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ । व्यापारमा सामान्य नाफा हुनेछ, लगानी गर्ने सोच छ भने अघि बढ्न सकिन्छ । परोपकारी वा धार्मिक काममा चासो बढ्नेछ । तर, आत्मविश्वास भए पनि भाग्यबल सामान्य छ, त्यसैले अति ठूलो जोखिम नगर्नुहोला ।
भाग्यबल : ४०%
शुभ अंक : ९ | शुभ रङ : कलेजी | शुभ दिशा : पूर्व
उपाय : “ॐ आदित्याय नमः” ७ पटक जप गर्नु लाभकारी हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) काममा सफलता मिल्छ तर मन अशान्त बन्न सक्छ । अनुशासन र संयमता नै आजको सफलता हो भन्ने कुरा याद गर्नु जरुरी छ । जोखिमपूर्ण काममा हात हाल्दा मूल पूँजी गुम्ने सम्भावना छ । असहजता बीचमा पनि धैर्यपूर्वक कामलाई निरन्तरता दिनुपर्छ । उदार स्वभावको नाजायज फाइदा अरूले उठाउन सक्छन् ।
भाग्यबल : २५%
शुभ अंक : ८ | शुभ रङ : सेतो/पहेंलो | शुभ दिशा : उत्तर
उपाय : “ॐ धर्मराजाय नमः” ११ पटक जप गरी काम सुरु गर्नु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) गुरु वा अभिभावकले तपाईंप्रति ठूलो विश्वास राख्ने दिन हो । लक्ष्यप्रति सचेत भई मिहिनेत गर्नुपर्ने हुन्छ । कल्पनाशीलता र भावुकताले काममा ढिलाइ गराउन सक्छ, त्यसैले फाल्तु कुरामा समय व्यर्थ नगर्नुहोस् । अधुरा कामलाई पूर्ण गर्नेतर्फ ध्यान दिनुपर्छ । वरिष्ठ वा बडाबाहेकलाई निराश नबनाउनुहोला ।
भाग्यबल : ४०%
शुभ अंक : ७ | शुभ रङ : सेतो/चम्किलो | शुभ दिशा : पश्चिम
उपाय : “ॐ कवये नमः” ११ पटक जप गरी काम सुरु गर्नु लाभदायी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अनावश्यक खर्च बढ्ने सम्भावना छ, त्यसैले खर्चमा नियन्त्रण आवश्यक हुन्छ । घर वा कार्यस्थलमा सानो–साना विवाद वा बहस हुने दिन हो, शब्द नियन्त्रण गर्नुपर्ने हुन्छ । तर नयाँ करार, सम्झौता वा व्यापारिक बैठकले सकारात्मक नतिजा दिन सक्छ । जीवनसाथी वा सन्तानको सहयोग पाइनेछ ।
भाग्यबल : ९०%
शुभ अंक : ६ | शुभ रङ : रङ्गीबिरङ्गी/छिरबिरे | शुभ दिशा : दक्षिण
उपाय : “ॐ नागदेवताभ्यो नमः” ९ पटक जप गरी काम सुरु गर्नु राम्रो हुनेछ ।





