प्रधानमन्त्री ओलीद्वारा राजीनामा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन्।

जेनजी समूहको आन्दोलनमा सरकारले गरेको बल प्रयोगपछि देशभर आन्दोलन थप चर्किएको छ। उक्त घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

चौतर्फी आलोचना र दबाबपछि ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार