मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको सीप र क्षमताको उचित मूल्याङ्कन हुने दिन छ । कार्यक्षेत्रमा गरेको परिश्रम वरिष्ठ वा हाकिमहरूले नै चिन्दछन् । क्यारियरमा नयाँ मोड आउनसक्छ, कुनै महत्वपूर्ण योजनामा छलफल वा निर्णय हुने सम्भावना छ । कुल/वंश, संस्कार र पितृपक्षप्रति आकर्षण बढ्नेछ, त्यसैले बृद्धबृद्धा वा अभिभावकको सेवा–चाकरी गर्दा भाग्य अझ खुल्नेछ । सम्मान वा पुरस्कार प्राप्त हुने सम्भावना पनि छ । मित्रता र सम्बन्ध विस्तारमा अनुकूल समय छ ।
👉 भाग्यबल : ४५% | शुभ अंक : १ | शुभ रङ : नीलो/कालो | शुभ दिशा : दक्षिण
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाईंको जीवनमा उत्कृष्ट अवसर आउन सक्छ । छोटो यात्रा वा भ्रमणले सम्बन्धमा न्यानोपन ल्याउनेछ । सरकारी वा कानुनी कामबाट फाइदा हुनेछ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनेछ, लगानी विस्तार गर्न उपयुक्त समय छ । शत्रु वा बाधकहरूले केही गर्न सक्दैनन् । आत्मबल उच्च हुने भएकाले कठिन चुनौती पनि सहजै पार गर्न सक्नुहुन्छ । जीवनमा शतप्रतिशत भाग्यको साथ रहने दिन हो ।
👉 भाग्यबल : १००% | शुभ अंक : ९ | शुभ रङ : नीलो/कालो | शुभ दिशा : पूर्व
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मन अशान्त र चिडचिडेपन बढ्ने देखिन्छ । इच्छाअनुसार वातावरण नबन्दा निराशा छाउन सक्छ । पारिवारिक जिम्मेवारीले दबाब दिनेछ । अध्ययन–पठनमा ध्यान दिनु अनिवार्य हुन्छ । स्वास्थ्यतर्फ सचेत हुनुपर्छ, थकान र अस्वस्थता बढ्ने सम्भावना छ । धैर्यपूर्वक काममा निरन्तरता दिएमा अप्ठ्यारो परिस्थितिलाई जित्न सक्नुहुन्छ, तर अनावश्यक विवादमा नफस्नु नै उत्तम हुनेछ ।
👉 भाग्यबल : २५% | शुभ अंक : ८ | शुभ रङ : नीलो/कालो | शुभ दिशा : उत्तर
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पेसागत जीवनसँगै पारिवारिक र वैवाहिक खुसी पनि अनुभव गर्न सक्नुहुन्छ । प्रेम सम्बन्ध बलियो हुनेछ, पार्टनरसँगको समय रमाइलो बित्नेछ । मनोरञ्जन, भेटघाट र घुमघाम को योग छ । व्यापार र सरकारी कामबाट पनि फाइदा हुनेछ । आत्मबल बढ्ने दिन हो । तर, वाणी र व्यवहारमा सन्तुलन कायम गर्नु जरुरी हुन्छ ।
👉 भाग्यबल : ३५% | शुभ अंक : ७ | शुभ रङ : रातो | शुभ दिशा : पश्चिम
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महत्त्वपूर्ण वार्ता वा बैठकमा संलग्न हुनु पर्ने दिन छ । व्यापारिक सम्झौता वा नयाँ करार बन्नसक्छ । तर, वाणीमा कटुता देखापरेमा समस्या आउन सक्छ, त्यसैले आलोचना र कठोर शब्द टार्नु हितकर हुनेछ । निराशा र कुण्ठा बढ्न सक्छ तर धैर्य गरेर प्रयास गर्दा नयाँ बाटो खुल्ने सम्भावना छ । आत्मपरीक्षण र आत्मसंयम अति आवश्यक छ ।
👉 भाग्यबल : ५०% | शुभ अंक : ६ | शुभ रङ : ध्वाँसे/कालो | शुभ दिशा : दक्षिण
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन तपाईंका लागि शान्तिपूर्ण र सुखमय रहनेछ । परिवारसँग खुसी बाँड्न सक्नुहुन्छ । वैवाहिक जीवनमा समझदारी कायम हुनेछ । शिक्षा, प्राविधिक सीप वा बौद्धिक क्षेत्रमा प्रगति सम्भावना छ । दार्शनिक वा आध्यात्मिक विषयतर्फ पनि आकर्षण बढ्नेछ । छोराछोरी वा परिवारका माध्यमबाट कुनै राम्रो उपलब्धि मिल्नेछ । तर भावुकताले निर्णय प्रभावित गर्नसक्छ ।
👉 भाग्यबल : ५०% | शुभ अंक : ५ | शुभ रङ : सेतो | शुभ दिशा : पूर्व
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रतिबन्ध र बाध्यता ले मन निराश बन्नसक्छ । जीवनसाथी वा आत्मीयजनको स्वास्थ्यले चिन्ता बढाउनेछ । सम्बन्धमा तिक्तता आउनसक्छ, त्यसैले धैर्यपूर्वक व्यवहार गर्न आवश्यक छ । कारोबारलाई नयाँ गति दिने प्रयास हुनेछ तर लोभ र आश्वासनमा नफस्नुहोस् । आत्मबललाई कमजोर नपारेर योजना अनुसार अघि बढ्नु उचित हुनेछ ।
👉 भाग्यबल : ४५% | शुभ अंक : ४ | शुभ रङ : सिम्रिक रातो | शुभ दिशा : उत्तर
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईंलाई अध्ययन, अनुसन्धान वा लेखनमा सफलता मिल्नेछ । गुरुजन र अभिभावकबाट सहयोग प्राप्त हुनेछ । धन र प्रतिष्ठामा वृद्धि हुनेछ । साझेदारीमा काम गर्दा विचार स्पष्ट राख्नुहोस्, यसले दीर्घकालीन फाइदा दिलाउनेछ । तर सामाजिक काममा बढी अल्झँदा व्यक्तिगत कार्यमा ढिलाइ हुनसक्छ । आत्मविश्वास र सहयोगीहरूको साथ बाट पुराना समस्या समेत हल हुनेछन् ।
👉 भाग्यबल : ३५% | शुभ अंक : ३ | शुभ रङ : गुलाबी/सिन्दुरे | शुभ दिशा : पश्चिम
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन धन, उपहार वा प्रशंसा प्राप्त हुने समय हो । उच्च अधिकारी वा वरिष्ठहरू खुसी हुनेछन् । संचार, नेटवर्किङ वा डिजिटल माध्यमबाट पनि फाइदा हुनेछ । तर, खर्च बढ्ने संकेत छ, त्यसैले बजेटअनुसार योजना बनाउन आवश्यक छ । पार्टनरसँग भेटघाट वा रमाइलोमा समय बित्नेछ । आशा र आत्मबलले तपाईंलाई नयाँ उपलब्धि तर्फ डोऱ्याउनेछ ।
👉 भाग्यबल : ८५% | शुभ अंक : २ | शुभ रङ : सेतो/उज्यालो | शुभ दिशा : दक्षिण
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज खर्च बढी हुने दिन हो । उधारो वा ऋण सम्बन्धी विषयमा अल्झिन सक्नुहुन्छ । तर, स्वास्थ्य सेवा, औषधी, काष्ठ वा फर्निचर व्यवसायमा संलग्न हुनुहुन्छ भने प्रशस्त लाभ प्राप्त हुनेछ । वैवाहिक सम्बन्धमा केही मतभेद आउनसक्छ तर माया र समर्पण कायम रहनेछ । दैनिक जीवन सहज रहनेछ तर गुप्त कारोबार वा अविश्वास्य निर्णय गर्दा हानि हुनसक्छ ।
👉 भाग्यबल : ८०% | शुभ अंक : १ | शुभ रङ : नीलो/कालो | शुभ दिशा : पूर्व
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाईंलाई शत्रु वा प्रतिस्पर्धी सामना गर्न सक्दैनन् । आत्मविश्वास बढ्नेछ र प्रयास सफल हुनेछ । व्यापार–व्यवसाय, ढुवानी वा मार्केटिङमा लाभ हुनेछ । तर धनमाल र सम्पत्तिको सुरक्षामा ध्यान दिन आवश्यक छ । घरबाहिर निस्कँदा सावधानी अपनाउनुहोस् – गरगहना वा बहुमूल्य वस्तु नलगाउनु नै सुरक्षित हुन्छ । काममा तपाईंको प्रत्यक्ष उपस्थितिले मात्र परिणाम दिनेछ ।
👉 भाग्यबल : २५% | शुभ अंक : ३ | शुभ रङ : नीलो/कालो | शुभ दिशा : उत्तर
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन तपाईंलाई ज्ञान र अनुभूति बढाउने समय छ । अड्डा–अदालत वा कानुनी काममा अनुकूल परिणाम आउन सक्छ । रोकिएका रकम वा कारोबार मिलाउन प्रयास गर्न लाभ हुनेछ । शुभचिन्तक वा साथीसँग सहकार्य गर्दा व्यक्तित्वको स्तर वृद्धि हुनेछ । आँट र हिम्मतले ठूलो सफलता ल्याउन सक्छ । निराशालाई हटाएर सकारात्मक दृष्टिकोण अपनाउनु शुभ हुन्छ ।
👉 भाग्यबल : ६०% | शुभ अंक : २ | शुभ रङ : नीलो/कालो | शुभ दिशा : पश्चिम





