काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जाने नेताहरूको आलोचनाले माओवादी आन्दोलनमा प्रभाव नपर्ने बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित दलित अधिकारसम्बन्धी गोष्ठीमा उनले क्रान्ति पूर्णरूपमा जित्न नसकेको स्वीकार गर्दै शान्ति सम्झौता परिस्थितिको बाध्यता भएको स्पष्ट पारे।
मोहन बैद्ध, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ र नेत्र विक्रम चन्द ‘विप्लव’लगायतका पूर्व नेताहरूको आलोचनालाई लक्षित गर्दै प्रचण्डले नेतृत्व जीवित रहुन्जेल आलोचना प्रभावहीन हुने बताए। उनले जनयुद्धले उत्पीडित वर्ग र समुदायलाई सम्मान दिलाउने वातावरण बनाएको दाबी गर्दै सम्झौतावादी नभई परिस्थिति अनुसार सम्झौता गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।
प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार





