ओलीलाई लिङ्देनको चुनौतीः झापा-५ मै भिडौंला



झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष प्रतिष्पर्धाको चुनौती दिएका छन्। शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित चुनावी मैदानमा ओलीसँग भिड्न सक्ने घोषणा गरे।

‘एउटा सांसद जित्नु मात्र मेरो उद्देश्य होइन,’ लिङदेनले भने, ‘समयले खोजे झापा-५ टाढा छैन, म त्यहाँ गएर लड्न सक्छु।’ उनले प्रधानमन्त्री, मन्त्री वा सांसद बन्ने महत्वाकांक्षा नभई भ्रष्ट व्यवस्थाविरुद्ध लड्न राजनीति गरेको स्पष्ट पारे।

लिङदेनले प्रधानमन्त्रीसँग विगतमा भएको सहकार्यलाई स्मरण गर्दै आफू एक सांसदभन्दा बढी ठहरिनुपर्ने बताए।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार