मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सँगीसाथीले गोपनीयता भङ्ग गर्न सक्छन्, त्यसैले सतर्क रहनुहोस् । काममा लगनशीलता बढ्छ, घरपरिवारबाट शुभसमाचार पाइनेछ । स्थिर सम्पत्ति वा वाहनसम्बन्धी सोच बन्नसक्छ । भाग्यबल २५% । शुभाङ्क ४, शुभरङ्ग सेतो, शुभदिशा उत्तर ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मीयजनसँग भेटघाट र सहकार्य हुने दिन । खेलकुद वा तन्दुरुस्तीप्रति चासो बढ्नेछ । कार्यक्षेत्रमा प्रगति, धार्मिक/सामाजिक कामबाट भाग्यवृद्धि । भाग्यबल १००% । शुभाङ्क ३, शुभरङ्ग गुलाबी/सिन्दुरे, शुभदिशा पश्चिम ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलाइले काम बन्नेछ, वरिष्ठलाई खुसी पार्न सकिन्छ । नयाँ सम्बन्धबाट जीवनमा रङ्ग छर्ने सम्भावना । वौद्धिक/साहित्यिक क्षेत्रमा फाइदा । भाग्यबल १००% । शुभाङ्क २, शुभरङ्ग सेतो, शुभदिशा दक्षिण ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा सुखसुविधा बढ्ने समय । फुटकर वा खाद्य व्यापारमा राम्रो लाभ । नयाँ ज्ञानप्रति उत्सुकता बढ्नेछ । भाग्यबल १००% । शुभाङ्क १, शुभरङ्ग घिउ, शुभदिशा पूर्व ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्षमा सन्तुलन आवश्यक, लगानीमा सतर्कता अपनाउनुहोस् । विवादास्पद काममा संलग्न हुनुपर्ने समय । साँझतिर मन खिन्न बन्न सक्छ । भाग्यबल ५०% । शुभाङ्क ३, शुभरङ्ग सेतो, शुभदिशा उत्तर ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको प्रयोगले काम बन्नेछ । प्रेमसम्बन्ध गहिरो बन्ने सम्भावना । दाजुभाइ वा मित्रबाट शुभ समाचार पाइनेछ । भाग्यबल १००% । शुभाङ्क २, शुभरङ्ग सेतो, शुभदिशा पश्चिम ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरमा सानो मतभेद भए पनि सबै तपाईंअनुसार चल्नेछन् । करियर र व्यवसायप्रति चासो बढ्नेछ, प्रतियोगितामा सफलता मिल्ने दिन । भाग्यबल १००% । शुभाङ्क १, शुभरङ्ग पहेंलो, शुभदिशा दक्षिण ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरपरिवार र अभिभावकप्रति ध्यान दिनुपर्ने समय । ख्याति र सम्मान बढ्ने सम्भावना । प्रतिष्ठा जोगाएर काम गर्नुहोस् । भाग्यबल ५५% । शुभाङ्क ९, शुभरङ्ग घिउ, शुभदिशा पूर्व ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसिक तनाव बढ्ने, ससाना विवाद सम्भावित । नयाँ काम गर्दा कानूनी पक्ष ध्यान दिनुहोस् । पारिवारिक असहमति बढ्न सक्छ, यात्रा यथासम्भव रोक्नु ठीक हुन्छ । भाग्यबल ०% । शुभाङ्क ८, शुभरङ्ग सेतो/पहेंलो, शुभदिशा उत्तर ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ साथी र ज्ञान प्राप्त हुने दिन । पुराना साथीभाइसँग भेटघाट सम्भावित । परिवारको चाहनालाई ध्यान दिनुहोस् । मिहिनेतले पद र अवसर दिलाउनेछ । भाग्यबल ८०% । शुभाङ्क ७, शुभरङ्ग सेतो/चम्किलो, शुभदिशा पश्चिम ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा चुनौती आए पनि विजय सम्भावित । घरायसी काममा सहयोग पाइन सक्छ । क्षमता प्रदर्शन गरी सम्मान आर्जन गर्ने समय । भाग्यबल ८५% । शुभाङ्क ६, शुभरङ्ग छिरबिरे, शुभदिशा दक्षिण ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन प्रेमिल, सिर्जनात्मक काममा सफलता । पुराना साथी वा परिवारसँग रमाइलो हुने दिन । बाधा अवरोध भए पनि कर्मप्रति निष्ठा राख्नुहोस् । भाग्यबल ४०% । शुभाङ्क ५, शुभरङ्ग सेतो, शुभदिशा पूर्व ।





