काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले विगत चार वर्षदेखि पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको खुलेको छ। महासचिव बन्ने आकांक्षा पूरा नभएपछि असन्तुष्ट भएका शर्माले निर्णयमा हस्ताक्षर नगरेको पार्टी सचिव दीनानाथ शर्माले पुष्टि गरेका छन्।
पार्टीको स्थायी समिति बैठकमा गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने आवाज उठेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएपछि शर्माले पनि नेतृत्वले गल्ती स्वीकार गरे आफू पनि तयार रहेको प्रतिक्रिया दिएका छन्।
शर्माले पार्टीको मत ३१ लाखबाट ११ लाखमा झर्नु नेतृत्वको कमजोरी भएको आरोप लगाएका छन् भने अध्यक्षले आफूले आत्मालोचना गर्नुपर्ने कारण नभएको बताएका छन्। प्रवक्ता अग्नि सापकोटाले पनि प्रचण्डको विकल्प नरहेको जिकिर गरेका छन्।
पार्टी फुटको हल्लाबीच शर्मा कुनै हालतमा पार्टी नछाड्ने अडानमा रहेका छन्। अधिकांश नेताहरूले नेतृत्वको बचाउ गर्दै प्रचण्डकै नेतृत्वमा अघि बढ्नुपर्ने धारणा राखेका छन्।
Ask ChatGPT





