शिक्षकहरु सडकमा बसिरहनु पर्दैन, शिक्षा ऐन चाँडै आउँछ: प्रधानमन्त्री



रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन् ।

नेकपा -एमाले_ले रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलतमा रहिरहन नपर्नेमा जोड दिएका हुन् ।

‘समस्याहरु छन् तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छुु । तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार