वामदेवले भने- एमालेमै जाने भइयो



काठमाडौं । नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन् ।

गौतमले अब एकीकृत समाजवादीसँग यो बीचमा गरेका वार्ताहरूको औचित्य सकिएको भन्दै एमालेमै लाग्ने बताए । ‘माधवजीसँग कुराकानी त भयो, तर एकीकृत समाजवादीबाट कतिपय आशंकाजस्तो व्यक्त गर्ने काम पनि भयो,’ गौतमले भने, ‘तर अब यी कुरा छाडिदिउँ । ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ ।’

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार