काठमाडौं । केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई एमालेले ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले पाण्डे र तिमल्सेनालाई ६ महिना पार्टी जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
‘स्पष्टीकरण उहाँहरुले दिनु त भयो, तर उहाँहरुले यसरी पार्टीको विधि भन्दा बाहिर गएर सार्वजनिक रुपमा बोल्नु उचित भएन भन्ने कुराको रियलाइजेसन देखिएन’ एमाले सचिव प्रदिप ज्ञवालीले भने, ‘त्यसो भएको हुनाले उहाँहरुलाई पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरुको जिम्मेवारीबाट ६ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।’
प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार





