रास्वपाको कार्यवाहक सभापति बन्दै अर्याल



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने तयारी गरेको छ । पार्टीको एक शीर्ष नेताले अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी भएको जानकारी दिए । ‘कार्यवाहकको जिम्मेवारी डिपीजीलेनै पाउने हो‚’ ती नेताले भने‚ ‘तर‚ अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन ।’

ती नेताका अनुसार आज जुम मार्फत सचिवालय बैठक बस्ने तयारी भएको छ । सोही बैठकले अर्याललाई कार्यवाहक दिन सक्ने उनको भनाइ छ । अर्याललाई कार्यवाहक बनाउन यसअघिनै पार्टी उपसभापति स्वर्णिम वाग्लेले सहमति दिइसकेका छन् ।

‘अलि अघिकै केन्द्रीय समिति बैठकमा स्वर्णिम जीले डीपीलाईनै कार्यवाहक बनाउनुपर्छ भनेर प्रस्ताव राख्नुभएको थियो । सबैले यसमा सहमति जनाएकै विषय हो‚’ ती नेताले भने‚ ‘त्यस कारण अब बन्दा कार्यवाहक पार्टी सभापति अर्यालनै बन्नुहुन्छ ।’

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार