एनपीएल: जनकपुर बोल्ट्सलाई चितवन राइनोजले ३२ रनले हरायाे



चितवन राइनोजले महत्वपूर्ण जित निकाल्दै प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । सुरूवातदेखि विकेट गुमाएको जनकपुरका लागि जिमी नीशमलाई शानदार पारी खेल्दै खेललाई जीवितै राखेका थिए । नीशम आउट भएपछि चितवनले खेलमा मोमेन्टम बनाउँदै त्यसपछि १८ ओभरमा जनकपुरलाई अलआउट गरिदिएको छ । चितवनले जनकपुरलाई ३२ रनले हराएकाे छ ।

यस नतिजासँगै पोखरा एभेन्जर्स र विराटनगर किंग्स पनि एक खेलअगावै प्लेअफ दौडबाट बाहिरिएका छन् । अब सुदूरपश्चिम, कर्णाली, चितवन र काठमाण्डुबाट कुनै तीन टिम प्लेअफका लागि छनोट हुन सक्ने छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार