इस्किनाजीको अर्धशतकमा काठमान्डुले पोखरालाई हरायो



स्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो । ।

एकपक्षीय बनेको दोस्रो इनिङको सुरूवातदेखि नै एस्किनाजी र लेभिटले शानदार शटहरू खेल्दै आक्रमक सुरूवात गरेका थिए । अन्त्यमा एरासमसले तीन छक्का प्रहार गर्दै काठमाण्डुलाई जिताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार