एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।
सुदूरपश्चिमको घातक बलिङसामू लुम्बिनीको जवाफी ब्याटिङ चल्न सकेन । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो ।
लुम्बिनीका लागि सातौँ नम्बरमा आएका विवेक यादवले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७७ रन जोडे । जसक्रममा उनले ३ चौका र ७ छक्का प्रहार गरे । तर, हार टरेन ।
प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार





