इंग्ल्यान्ड युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो।
खेलमा अग्रता भने नेदरल्यान्ड्सले लिएको थियो। सातौं मिनेटमा सिमोन्सले गोल गरेर डच टोलीलाई अग्रता दिलाए।
१८ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गोल फर्काउन सफल भयो। प्राप्त पेनाल्टीमा ह्यारी केनले गोल गरेका थिए।
९० मिनेटमा सब्सिच्युट खेलाडी ओली वाट्किन्टले गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्न सफल भयो। अब उपाधिक लागि इंग्ल्यान्डले स्पेनसँग आगामी आइतबार बर्लिनमा प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार





