फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा



स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो।

फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे। त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए।

त्यसपछि २१ औं मिनेटमा स्पेनका ल्यामिन यमलले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए। २५ औं मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि पहिलो हाफमा फ्रान्स पछि परेको थियो।

दोस्रो हाफमा कुनैपनि गोल नहुँदा स्पेन विजयी भएको हो। जारी युरोकपमा स्पेन अपराजित छ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार