महामन्त्रीका रूपमा मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको छ । प्रतिवेदनमा ढकालले पार्टीप्रति आमनागरिकले राख्ने धारणा, समस्या, कमजोरी, आगामी रणनीतिलगायतमा निचोड सुनाएका छन् ।
उनले पार्टीमा अवसरवाद हाबी भएको पनि बताएका छन् । ‘जम्माजम्मी दुई वर्ष भयो पार्टी जन्मिएको तर अहिलेबाट योगदानको चर्चा हुन्छ । रास्वपा अवसरवादीहरूको झुण्ड भइसक्यो । त्यसैले रास्वपामा शुद्धीकरण आवश्यक छ, जुन केन्द्रबाटै हुन जरुरी छ ।’
उनले प्रतिवेदनमा जनस्तरबाट सबैभन्दा बढी केन्द्रीय स्तरका नेताको बोली, व्यवहार र जीवनशैलीमाथि नै प्रश्न उठेको पनि उल्लेख गरेका छन् ।
प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार





