टी-२० विश्वकपः अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा



भारत आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ। गएराति आयोजक अमेरिकालाई पराजित गर्दै भारतले समूह चरणको अन्तिम खेल बाँकी छँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।

समूह चरणमा लगातार तेस्रो खेल जित्ने क्रमम बुधबार राति भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो। न्युयोर्कमा घरेलु टिमले दिएको १११ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर १८.२ ओभरमा पार गर्‍यो।

भारतका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे। उनी ४९ बलमा २ चौका र २ छक्का प्रहार गरी ५० रन बनाउँदै नट आउट रहे। शिबम दुबे पनि ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर नट आउट रहे।

त्यसअघि रिशभ पन्तले २० बलमा १ चौका र १ छक्का प्रहार गरी १८ रनको योगदान गरे। ओपनर विराट कोहली पहिलो बलमै आउट भएका थिए भने कप्तानसमेत रहेका अर्का ओपनर रोहित शर्मा ६ बल खेलेर ३ रन बनाउँदै आउट हुन पुगेका थिए।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार